Dark Mode

      Subscribe

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले आफ्नो कार्यकालमा भएका उपलब्धिको गराए जानकारी

1.2K
SHARES
भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले आफ्नो कार्यकालमा भएका उपलब्धिको गराए जानकारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफूले २ सय दिनमा गरेका कामको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । यातायात मन्त्रालयले चालू आर्थिक वर्षमा गरेका कार्यसम्पादन तथा उपलब्धिहरूका बारेमा जानकारी गराएको हो । दाहालले मन्त्री सम्हालेको माघ १७ गते २०० दिन पूरा भएको छ । यातायात मन्त्रीले पहिलो १०० दिनमा १० वटा र दोस्रो १०० दिन १२ वटा मुख्य कार्यक्रम र तिनको लक्ष्यसहित कार्यसम्पादन सम्झौता भएको बताए ।

मन्त्री दाहालले भने, ‘यातायात पूर्वाधारको विकास र यातायात प्रणालीको नीतिगत व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको यस मन्त्रालयमा रहेको छ । आफू र मातहतका सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र नेपाल पानीजहाज कार्यालयमार्फत सम्पादन भएका मुख्य कार्यहरु, हासिल भएका उपलब्धिहरूका साथै यस मन्त्रालयको कार्यक्षेत्रमा पर्ने र माघ मसान्तसम्म सम्पादन गरिएका मुख्य कार्य र तिनबाट हासिल भएका प्रमुख उपलब्धिहरूको बारमा जानकारी दिएका हुन् ।

पहिलो १०० दिनका लागि निर्धारित १० वटा र २०० दिनका लागि निर्धारित १२ कामका क्षेत्रमा किटान गरिएको लक्ष्यहरुको प्रतगि लक्ष्य उन्मुख रहेको दाहाले बताए । वर्षात् र बाढीको प्रकोपद्वारा सिर्जित आपतकालीन सडक तथा यातायात व्यवस्थापनको कार्यमा लाग्नु परेको कारण लक्ष्य प्राप्तिमा केही कमी भएको छ ।’  २०८१ माघ मसान्त सम्ममा मन्त्रालयको लागि चालुतर्फ ७ अर्ब ४८ करोड ६३ लाख र पुँजीगततर्फ १ खर्ब ४३ अर्ब ५ करोड गरी कुल १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन भएको थियो । माघ महिनासम्म मन्त्रालय र मातहतको निकायले २८.१५ खर्च गरेको छ ।

कुल कालोपत्रे स्तरको नयाँ सडक २ लेनको २४६ किलोमिटर र २ लेन माथिको सडक ३०.५८ किलोमिटर कालोपत्रे भएको छ । ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण गर्ने कार्य माघ मसान्त सम्म सम्पन्न गर्ने लक्ष्य रहेकोमा ८२ प्रतिशत कार्य सम्पन्त्र भएको मन्त्री दाहाले बताए । नेपालको सडक यातायात क्षेत्र सुरुङ युगमा प्रवेश गरेको छ । सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य मध्ये यस आवमा ८७६ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । काठमाडौं तराई मधेस अन्तर्गत धेद्रे सुरुङ मार्गको पनि ब्रेकथ्रु भएको छ । नेपाली सेनाबाट निर्माणाधीन तराई मधेस द्रुत मार्गको काम तीव्र ढंगले अगाडि बढेको छ ।

सबै जिल्ला सदरमुकाम बाह्रै महिना राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी यातायातको पहुँच विस्तार गर्ने काम मन्त्रालयले गरिरहेको छ । सरकारको योजना अनुसार सदरमुकाम जोड्न बाँकी हुम्ला जिल्लाको सिमिकोट जोड्नका लागि खार्पुनाथ स्थित चुवा खोलामा बेलीब्रिज जडान गर्न नेपाली सेनालाई जिम्मा दिई काम भइरहेको छ ।राष्ट्रिय गौरवका पुष्पलाल राजमार्ग, हुलाकी राजमार्ग र कालिगण्डकी कोरिडोर को विभिन्न खण्डहरूमा ५६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ७८.५ किमि सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको । माघ मसान्त सम्ममा ४१ बटा पुल निर्माण कार्य सम्पन्न लगायत काम भएको मन्त्रालयले बताएको छ ।

बर्दिबास चोचा रेलमार्ग खण्डमा २ सय दिनको अवधिमा थप एक किलोमिटर ट्र्याकवेड निर्माण गर्ने लक्ष्य रहेकोमा कुल ३ किलोमिटर ट्र्याकवेड निर्माण भएको छ । भने, हालसम्म कुल ६८ किलोमिटर ट्र्याकवेड निर्माण भएको । भारतीय पक्षसँग संवाद भई जयनगर–बर्दिबासको भंगाहा बर्दिवास रेलमार्ग खण्ड तथा बथनाहा कटहरीको एनवाइसी विराटनगर कटहरी रेलमार्ग खण्ड निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेको छ ।

जिपिएस जहान गर्ने सम्बन्धमा यातायात तथा सवारी क्षेत्रका सम्बन्धित क्षेत्रसँग छलफल भएको छ । सवारी चालक अनुमति पत्रको राजस्व भौचर, क्युआर कोर्डको फोटो सहित पेपर कार्डमा उपलब्ध गराउन सहजीकरण गर्ने ९प्रदेश सरकारबाट कार्यान्वयन हुने० गरी लक्ष्य तोकिएकोमा हाल यातायात व्यवस्था नियमावली संशोधन भई अब सबै प्रदेशले चिप्स भएको वा क्युआर कोर्ड मात्र भएको लाईसेन्स उपलब्ध गराउने नियमावलीमा व्यवस्था भएका छ । ६ महिनामा माघ मसान्तसम्म १ लाख ६९ हजार ४३९ थान लाइसेन्स (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण भएको छ । माघ मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट ३७ हजार ९५४ थान उत्पादन र ७,४७६ थान जडानका लागि यातायात कार्यालयहरुमा वितरण गरिएको मन्त्रालयले बताएको छ ।

यातायात व्यवस्था विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धी सहमति भएको छ । सवारी चालक अनुमति पत्र नागरिक एपबाट देखाउन मिल्ने र ट्राफिक भ्वाइलेशन रेकर्ड सिस्टमबाट इ–चलान (डिजिटल चिट) काट्न मिल्ने व्यवस्था मिलाएको छ । सवारी चालक अनुमति पत्र सम्बन्धी देशभर एउटै मापदण्ड बनाउने लगायतका काम अगाडि बढेको छ ।

सुनकोसी र नारायणी नदीमा जलयान सञ्चलनका लागि अवरोध हटाउने तथा निर्माण कार्य गर्ने लक्ष्य रहेकोमा कोशी नदीमा अवरोध हटाई जलयान सञ्चालन भएको छ । नारायणी नदीको पुलदेखी देवघाटसम्म जलमार्ग विस्तारको कार्यको लागि बोलपत्र आह्वान भएको छ । नेपाल पानी जहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकिकृरण गर्न बनेको विधेयक २०८१ संघीय संसदको राष्ट्रिय सभामा प्रस्तुत भई छलफलको क्रममा रहेको । विभिन्न मुलुकहरूमा पानीजहाजमा कम गर्ने गरेका नेपालीहरुको तथ्याङ्ग सङ्कलनका लागि एक वेब एप्लिकेशनको परामर्शदातासँग सम्झौता भएर काम अगाडि बढेको मन्त्रालयले बताएको छ ।

राष्ट्रिय यातायात नीति, २०८१, सार्वजनिक सडक सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१, सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१ र सडक सुरक्षा सम्बन्धी विधेयक, २०८१ को मस्यौदा रायका लागि ७ वटै प्रदेशमा पठाइएको छ । राष्ट्रिय राजमार्ग गुरुयोजनाको प्रतिवेदन तयार भएको छ ।

सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण नियमावलीको मस्यौदा तयार भई रायका लागि अर्थ मन्त्रालयमा गएको छ । निर्माण व्यवसायी ऐन, २०५५ लाई संशोधन गरी नयाँ ऐनको मस्यौदा तयार गर्न समिति गठन भएको छ । डिप्लोमा इन्जिनियरिङ्ग परिषद् गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय सहमतिको लागि अर्थ मन्त्रालयमा पठाइएको । बाढी पहिरोबाट क्षतिग्रस्त भएका संरचनाहरुको मर्मत सुधार गरी दशै, तिहार, छट जस्ता चाडपर्व अगावै यातायात सुचारु गरिएको मन्त्री दाहालले बताए ।



nationalnews7 nationalnews7   
  • February 14, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP