Dark Mode

      Subscribe

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘पोखरा भ्रमण वर्ष’ को घोषणा

1.2K
SHARES
२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘पोखरा भ्रमण वर्ष’ को घोषणा

काठमाण्डौ ।

पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गरिएको जानकारी दिनुभयो ।

पोखरा महानगर–९ नयाँ बजारमा रहेको प्रदर्शनी केन्द्रमा शनिबार आयोजित विशेष समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विशेष उपस्थितिमा भ्रमण वर्ष घोषणा गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरालाई गएको वर्ष चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिएको थियो । भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी महानगरका मेयर आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । यस्तै, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समितिहरू गठन गरिएका छन् ।

भ्रमण वर्षको अवधिभर पोखरा महानगरपालिकोतर्फबाट विभिन्न किसिमका पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदूतको समेत सहभागिता रहने मेयर आचार्यले बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने बताउदै त्यसलाई सफल बनाउनका लागि पर्यटनसँग सम्बद्ध सङ्घ संस्थाले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।



nationalnews7 nationalnews7   
  • February 15, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP