Dark Mode

      Subscribe

चितवन राष्ट्रिय निकुञ्जको खोरमा रहेका बाघ पाल्न खर्च अभाव

1.2K
SHARES
चितवन राष्ट्रिय निकुञ्जको खोरमा रहेका बाघ पाल्न खर्च अभाव

चितवन। चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात वटा बाघ पालिएका छन् । ती बाघलाई दैनिक पाँच किलो मासु खुवाउनुपर्ने हुन्छ । कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्ने गर्दछ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालू आर्थिक वर्षमा बाघको आहारका लागि चार लाख ३८ हजार रुपैयाँ बजेट निकासा भएको छ । एक महिनामा सात वटा बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक दुई लाख दुई हजार पाँच सय रुपैयाँ खर्च हुन्छ । बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि भुक्तानी गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई वटा बाघ खोरमा छन् । झण्डै दुई महिनाअघि माडीमा समातेको बाघलाई राख्ने ठाउँ नभएर पर्सा पठाइएको थियो । बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उहाँले बताउनुभयो । बाघ हिंस्रक बनेमा समातेर खोरमा राख्ने गरिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा बयस्क एक सय २८ वटा बाघ रहेका छन् ।



nationalnews7 nationalnews7   
  • February 22, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP