Dark Mode

      Subscribe

हिमालय इङ्लिस स्कुलद्वारा पत्रकारद्वय भट्टराई र गच्छदार सम्मानित 

1.2K
SHARES
हिमालय इङ्लिस स्कुलद्वारा पत्रकारद्वय भट्टराई र गच्छदार सम्मानित 

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका- १० मा रहेको हिमालय इङ्लिस स्कुलले स्थानीय पत्रकारितामा महत्वपूर्ण योगदान पुऱ्याउने सुन्दरहरैंचाका दुई पत्रकारलाई सम्मान गरेको छ। बिद्यालयले सुन्दरहरैंचा अपडेटका संचालक शिव भट्टराई भोजपुरे र जनचर्चा टाइम्सका संचालक एलएन गच्छदारलाई सम्मान गरेको हो।

सुन्दरहरैंचा नगरपालिकालाई कार्यक्षेत्र बनाएर खोज पत्रकारितामा लामो समयदेखि सक्रिय यी पत्रकारहरूले समाजमा हुने विभिन्न घटनाहरू उजागर गर्दै विकृति तथा विसंगतिलाई परिष्कृत गर्न उल्लेखनीय भूमिका खेलेका छन्। सत्य, तथ्य समाचार तथा सूचनाहरू जनतासमक्ष पुर्याउने कार्यमा उनीहरूको प्रतिबद्धता र योगदान अतुलनीय रहेको विद्यालय प्रशासनले दाबी गरेको छ।

विद्यालयले स्थानीय पत्रकारिता क्षेत्रको उन्नयन तथा सचेत समाज निर्माणमा पुऱ्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानपत्र प्रदान गरेको छ। सम्मान ग्रहण गर्दै पत्रकारद्वयले समाज रूपान्तरणका लागि अझ जिम्मेवार भएर पत्रकारिता गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विद्यालयका प्रिन्सिपल कमल खनालले आगामी दिनमा पनि समाजप्रति उत्तरदायी व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।



nationalnews7 nationalnews7   
  • February 22, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP