Dark Mode

      Subscribe

वीरगञ्ज हुँदै सात महिनामा आठ अर्ब ६८ करोडको धान-चामल आयात

1.1K
SHARES
वीरगञ्ज हुँदै सात महिनामा आठ अर्ब ६८ करोडको धान-चामल आयात

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ६८ करोड रूपैयाँ पर्ने २२ करोड ६४ लाख आठ हजार २२९ किलोग्राम धान आयात भएको छ ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै चार अर्ब ९१ करोड रूपैयाँ पर्ने १३ करोड १८ लाख ५९ हजार ४१६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए ।

कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै एक अर्ब ३५ करोड रूपैयाँको एक करोड ३३ लाख ७४ हजार ८२६ किलोग्राम चामल आयात भएको छ ।

जबकि गत आवको सोही अवधिमा भने एक अर्ब ६ करोडको ८१ लाख १७ हजार १३० किलोग्राम चामल आयात भएको थियो । चालु आवको सात महिनामा दुई अर्ब ९६ करोड रूपैयाँको पाँच करोड ७७ लाख १४ हजार ५८३ किलोग्राम मकै आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने दुई अर्ब ९७ करोड रूपैयाँ पर्ने ६ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।



nationalnews7 nationalnews7   
  • March 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP