Dark Mode

      Subscribe

नागरिक लगानी कोषको स्रोत संकलन २ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो

1K
SHARES
नागरिक लगानी कोषको स्रोत संकलन २ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो

काठमाण्डाै – नागरिक लगानी कोषको खुद कोष मौज्दात दुई खर्ब ७३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । कोषको ३५औं वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा अध्यक्ष प्राध्यापक डाक्टर सूर्यबहादुर थापाले सानो पूँजी सङ्कलन गरी दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत सङ्कलन गर्न कोष सफल भएको बताउनुभयो ।

२०४७ सालमा स्थापना हुँदा कोषको बचत दुई करोड ४४ लाख रुपयाँ थियो । संस्थामा अहिले ६ अर्ब ४८ करोड रुपैयाँको चुक्ता पूँजी पुगेको छ । विभिन्न सात वटा याेजना सञ्चालन गर्दै आएको कोषले सबै कार्यक्रमबाट जगेडा कोषसहित दुई खर्ब ७३ अर्ब रुपैयाँ वित्तीय स्रोत सङ्कलन गर्न सफल भएको छ ।

पुस मसान्तसम्म दुई खर्ब ६४ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको कार्यक्रममा जानकारी दिइएको छ । साढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको कोषले ‘शेयर डिबेन्चर’ हरूमा पनि लगानी गरेको जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोषलगायतका कोषहरूको लगानी उत्पादनमूलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

यस्तै कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष थापाले कृषि, पर्यटन, ऊर्जा र भौतिक पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नेतर्फ कोष अग्रसर रहेको बताउनुभयो ।



nationalnews7 nationalnews7   
  • March 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP