Dark Mode

      Subscribe

प्रभु बैंकद्वारा बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को र्‍याली

1.4K
SHARES
प्रभु बैंकद्वारा बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को र्‍याली

काठमाडौं– प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ्गको बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसर पारेर आज वित्तीय जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ ।

‘अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ । अरूका कुरा सुनौँ तर आधिकारिक कुरा सुनी निर्णय गरौँ ।’ भन्ने मूल नाराका साथ आयोजित यस र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । कार्यक्रममा बोल्दै बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारे । उनले बालबालिका, वृद्धा तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्त्व बुझाउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

 



nationalnews7 nationalnews7   
  • March 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP