Dark Mode

      Subscribe

नेपालको अर्थतन्त्र सुधारोन्मुख, गरिबीदर घट्दो: विश्व बैंक प्रतिवेदन

1.1K
SHARES
नेपालको अर्थतन्त्र सुधारोन्मुख, गरिबीदर घट्दो: विश्व बैंक प्रतिवेदन

काठमाडौं। विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । एक प्रतिवेदन जारी गर्दै विश्व बैंकले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने जनाएको हो ।

‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले यस वर्षमा नेपालको आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो । विश्व बैंकका अनुसार अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ हुने अनुमान गरेको थियो ।

आगामी आर्थिक वर्षहरुमा पनि नेपालको अर्थतन्त्रमा सुधार हुने विश्व बैंकको अपेक्षा छ । आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.२ प्रतिशत र त्यसपछि ५.५ प्रतिशतले विस्तार हुनेसमेत विश्व बैंकले अनुमान गरेको छ ।

आर्थिक विकाससँगै नेपालमा गरिबीदर पनि घट्ने विश्व बैंकको अनुमान छ । विश्व बैंकले सन् २०२५ मा नेपालको गरिबी ५.५ प्रतिशत, सन् २०२६ मा ४.८ प्रतिशत र सन् २०२७ मा ४ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

 



nationalnews7 nationalnews7   
  • April 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP