Dark Mode

      Subscribe

ट्रम्पको अहिलेसम्मकै व्यापक भन्सार शुल्क शनिबारदेखि लागू

1.8K
SHARES
ट्रम्पको अहिलेसम्मकै व्यापक भन्सार शुल्क शनिबारदेखि लागू

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अहिलेसम्मकै व्यापक भन्सार शुल्क शनिबारदेखि लागू भएको छ । अमेरिकाको नयाँ भन्सार शुल्क लागू भएसँगै प्रमुख व्यापार साझेदारहरुले दिन थालेको जवाफका कारण व्यापारिक तनाव बढेर विश्व अर्थतन्त्रलाई अस्तव्यस्त पार्न सक्ने अवस्था आएको बीबीसीले जनाएको छ ।

मेक्सिको र क्यानाडाका सामानहरू बाहेक सबैजसो अमेरिकी आयातमा १० प्रतिशत आधारभुत भन्सार शुल्क थपिएको छ । अप्रिल ९ अर्थात् आउँदो बुधवारदेखि युरोपेली सङ्घ (इयू), जापान र चीनसहित झन्डै ६० वटा देशहरुले उच्च दरको सामना गर्नुपर्ने छ । अक्सफोर्ड इकोनोमिक्सको अनुमान अनुसार यस कार्यले औसत प्रभावकारी अमेरिकी कर दर २४ प्रतिशत पुर्‍याउनेछ र यो सन् १९३० को दशकमा देखिएको भन्दा पनि उच्च हो ।

बुधवारदेखि चिनियाँ समाान अमेरिका प्रवेश गर्दा २४ प्रतिशत भन्सार शुल्क लाग्नेछ भने त्यसको भोलिपल्टदेखि नै लागू हुने गरि चीनले पनि अमेरिकी सामानमा ३४ प्रतिशत कर घोषणा गरेको छ । चिनले विश्व व्यापार सङ्गठन (डब्लूटीओ) मा संयुक्त राज्य अमेरिकामाथि मुद्दा हाल्ने र उच्च–स्तरको चिकित्सा र इलेक्ट्रोनिक्स प्रविधिमा प्रयोग हुने दुर्लभ खनिज तत्वहरूको निर्यातलाई प्रतिबन्ध लगाउने पनि बताएको छ ।

इयू व्यापार प्रमुख मारोस सेफ्कोभिचले २०–प्रतिशत कर दरको सामना गर्ने इयूले शान्त, सावधानीपूर्वक चरणबद्ध, एकीकृत तरिकाले’ काम गर्ने भन्दै आफूहरु हात बाँधेर नबस्ने बताउनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कर वृद्धिको जवाफमा चीनले पनि कर लगाएपछि अमेरिकी शेअर बजारमा उच्च गिरावट आएको छ । अमेरिकाका तीन वटै प्रमुख शेअर सूचकाङ्क ५ प्रतिशत भन्दा बढीले घटेका छन् । यो हप्ता अमेरिकी शेयर बजारका लागि सन् २०२० पछिकै सबैभन्दा खराब हप्ता बनेको छ । अमेरिकीसँगै युरोप र एशियका शेयर बजारमा पनि अत्याधिक गिरावट आएको छ ।



nationalnews7 nationalnews7   
  • April 5, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP