Dark Mode

      Subscribe

सरकार र शिक्षक महासंघबीच बिहिबार भएको वार्ता निष्कर्षविहीन !

1.7K
SHARES
सरकार र शिक्षक महासंघबीच बिहिबार भएको वार्ता निष्कर्षविहीन !

काठमाडौ । आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै आएको महासंघ बिहीबार साँझ महासंघकी सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको थियो ।

सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराईको टोली सहभागी थियो ५ बजेदेखि सुरु भएको वार्ता करिब डेढ घण्टा चलेको थियो । महासंघबाट नेतृव गरेर गएकी पराजुलीले छलफल सकारात्मक भएको र आफ्नो धारणा राखेको बताइन् ।

‘महासंघले विगतमा भएको सहमतिको कार्यनयन गर्दै ऐन जारी गर्न भनेको छ । विशेष अधिवेशन, बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट ल्याउने वातावरण बनाउन भन्यौं । मन्त्रालय गम्भीर भएको पाइयो,’ पराजुलीले अनलाइनखबरसँग भनिन् । तीन ठूला दलका शीर्ष नेता, सभामुखसहितको बैठक राखेर टुंगो लगाउन पनि महासंघले भनेको छ ।

मन्त्रालयले ऐनको विषयमा छलफलका लागि सहयोग गर्न महासंघलाई भनेको छ । ‘हामी ऐनको भित्री विषयमा छलफल गर्न तयार छौं । त्यसअघि ऐन जारी गर्ने सुनिश्चित वातावरण बनाउन भनेका छौं,’ पराजुलीले भनिन्, ‘कतिपय मन्त्रालयले कतिपय मन्त्रिपरिषद्ले गर्ने निर्णयमा पनि सहयोग गर्न भन्नुभयो ।’ सरकारले घुमाउरो भाषामा आन्दोलन रोक्न आग्रह गरेको उनको भनाइ थियो ।

‘ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन भन्यौं । अब ऐन जारी गर्ने वातावरण बन्यो भने मात्र वार्तामा आउँछौ भनेका छौं,’ पराजुलीले भनिन्, ‘आन्दोलन गर्नु हाम्रो रहर होइन बाध्यता हो ।’ उनका अनुसार दुवै पक्षले थप गृहकार्य गरेर अर्को वार्ताको मिति तय हुनेछ । शिक्षकहरू २० चैतदेखि काठमाडौमा आन्दोलन गरिरहेका छन् ।



nationalnews7 nationalnews7   
  • April 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP