Dark Mode

      Subscribe

चीनबाट आयात हुने सामानमा अमेरिकाले फेरि बढायाे कर

1.1K
SHARES
चीनबाट आयात हुने सामानमा अमेरिकाले फेरि बढायाे कर

वासिङटन डीसी । अमेरिकाले चीनमा २४५ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत कर अर्थात अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकाले उल्टै चीनमा २४५ प्रतिशत कर लगाएको बीबीसीले जनाएको छ । अमेरिकाविरुद्धको प्रतिशोधात्मक कारबाहीका कारण चीनले अब २४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्नुपर्ने ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशहरूमा १० प्रतिशत भन्सार लगाएको र अमेरिकाको सबैभन्दा ठूलो व्यापार घाटा भएका देशहरूमा पारस्परिक रूपमा उच्च भन्सार लगाएको पनि यसमा भनिएको छ । ७५ भन्दा बढी देशहरूले नयाँ व्यापार सम्झौताहरूमा छलफल गर्न पहिले नै सम्पर्क गरिसकेकोले चीनबाहेकका देशमा उच्च भन्सार शुल्कहरू स्थगित गरिएको ह्वाइट हाउसले बताएको छ ।

यसैबीच ट्रम्पको कर वृद्धिका कारण यस वर्ष विश्वव्यापी व्यापारमा गिरावट आउने विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले प्रक्षेपण गरेको छ । पारस्परिक भन्सार र राजनीतिक अनिश्चितता जस्ता प्रमुख समस्याहरू बढेमा विश्वभर सामानको व्यापार अझ घट्न सक्ने यसले बताएको छ । डब्ल्यूटीओले यसअघि यो वर्ष सन् २०२५ मा विश्वव्यापी सामान व्यापार २.७ प्रतिशतले बढ्ने अनुमान गरेको थियो, तर अब यो ०.२ प्रतिशतले घट्ने अनुमान गरेको छ ।



nationalnews7 nationalnews7   
  • April 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP