Dark Mode

      Subscribe

सिरियामा शान्ति स्थापनाका लागि खटिएका सैनिक अधिकारी परे छानबिनमा

1K
SHARES
सिरियामा शान्ति स्थापनाका लागि खटिएका सैनिक अधिकारी परे छानबिनमा

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनाका लागि सिरियामा खटिएको टोलीका कम्तिमा ३० सैनिक अधिकारी नेपाली सेनाको छानबिनमा परेका छन् ।सिरियामा जारी तनावकाबीच स्थानीय समूहले हतियार खोसेका कारण टोली फर्किएलगत्तै नेपाली सेनाको जंगीअड्डाले छानबिन थालेको हो ।

सैनिक प्रवक्ता गौरवकुमार केसीको भनाइमा हतियार त्यसबेलै फिर्ता भइसके पनि जंगीअड्डाले मिसनमा खटिएको टोलीबाट कुनै कमजोरी वा त्रुटी भएको हो या होइन भन्ने हिसाबले छानबिन गरेको हो ।

‘हालसम्म आन्तरिक छानबिन मात्र भइरहेको विषय हो, झण्डै ३० जनामाथि सोधपुछ र बयान लिने काम भएको छ’, उनले भने, ‘उनीहरूलाई साधपुछ गर्दै छाडिएको छ ।’तर, जंगीअड्डा स्रोतका अनुसार, मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्कासहित कम्तिमा ४ अधिकारी अझै जंगीअड्डाको सैनिक प्रहरी गणको नियन्त्रणमा छन् ।खड्का नेतृत्वमा रहेको १९७ शान्ति सैनिकको टोली दुई साताअघि स्वदेश फर्किएको थियो ।

सैनिक प्रहरी गण सैनिक अधिकारीहरूले गरेको अपराधको अनुसन्धान गर्ने निकाय हो । गणको नियन्त्रणमा राखेर अहिले सेनाले ‘कोर्ट अफ इक्वायरी’ गठन गरेर उनीहरूमाथि छानबिन गरिरहेको छ । ‘मुख्य अधिकृतहरू अझै नियन्त्रणमा छन्, अरुलाई छाडिएको छ’, एक सैनिक अधिकृतले भने, ‘छानबिनका क्रममा कैफियत देखिए कोर्ट मार्सल हुन्छ, नभए थप कारबाही अघि बढ्दैन ।’

खड्का नेतृत्वमा रहेको १९७ शान्ति सैनिकको टोली दुई साताअघि स्वदेश फर्किएको थियो । सिरियामा जारी तनावका बीच उनीहरूले समय सकिएपछि समेत झण्डै ६ महिना काम गर्न पाएका थिए । खड्का नेतृत्वको टोली फर्किएलगत्तै प्रमुख सेनानी रविजंग खड्का नेतृत्वमा २०२ जनाको टोली सोही दिन मिसन इलाकातर्फ गइसकेको छ ।हाल सिरियाको मिसनमा सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुबाट गरेर जम्मा ४४८ सैनिक खटिएका छन् ।

सिरियास्थित यूएनडीओएफ मिसनमा ४४८ जना नेपाली शान्ति सैनिक थिए । तीमध्ये चैत २१ गते १९७ जना शान्ति सैनिक मिसन कमान्डर प्रमुख सेनानाी दिनेशकुमार खड्काको नेतृत्वमा नेपाल फर्किएको थियो। बाँकी शान्ति सैनिक बुधबार आएका छन्।



nationalnews7 nationalnews7   
  • April 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP