Dark Mode

      Subscribe

राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने एमालेकाे निर्णय

1K
SHARES
राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने एमालेकाे निर्णय

काठमाडौं । सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको हाे ।

 

बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाको परिवार र घाइतेको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ ।

 

साथै क्षतिको यकिन विवरण संकलन गर्न र धान लगायतका कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्न पनि आग्रह गरेको छ ।



nationalnews7 nationalnews7   
  • October 1, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP