Dark Mode

      Subscribe

‘दिगो विकास लक्ष्य कार्यान्वयनका लागि २११ खर्ब बढी लगानी आवश्यक’

1.8K
SHARES
‘दिगो विकास लक्ष्य कार्यान्वयनका लागि २११ खर्ब बढी लगानी आवश्यक’

काठमाडौं । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब २ सय ११ खर्ब ६५ अर्ब रूपैया लगानी चाहिने अनुमान गरेको छ । आइतबार सिंहदरबारमा दिगो विकास लक्ष्य : आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१ सार्वजनिक गर्दै आयोगले सन् २०२४ देखि २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २ सय ११ खर्बभन्दा बढी लाग्ने बताएको हो ।

दिगो विकास लक्ष्यमध्ये कुल लगानी आवश्यकताको सबैभन्दा ठूलो हिस्सा नवीन खोज र पूर्वाधार क्षेत्रसँग सम्बन्धित रहेको आयोगले जनाएको छ । दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि औसतमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलब ४ प्रतिशत लगानी आवश्यक हुने अनुमान गरिएको छ । उक्त अनुमान साबिकको रणनीतिमा गरिएको औसत बार्षिक अनुमान भन्दा २ दशमलब ४ प्रतिशत अंकले कम छ ।

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि लगानी आवश्यकता पूर्ति गर्न सार्वजनिक, निजी, सहकारी र घरपरिवार स्तरबाट वित्तीय स्रोत उपलब्ध हुने गरी रणनीति तयार पारिएको आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले बताए । उनका अनुसार यसअघि भन्दा लागत बढेपछि स्रोत समेत बढेको छ । लक्ष्य प्राप्तिका लागि आवश्यकता पूर्ति गर्न आवश्यक स्रोतको पहिचान समेत गर्न खोजिएको अधिकारीले सुनाए ।

आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सार्वजनिक क्षेत्रबाट सबैभन्दा बढी कूल ५७ दशमलब ५ प्रतिशत लगानी हुने अनुमान गरेको छ । निजी क्षेत्रबाट ३४ दशमलब ३५ प्रतिशत, सहकारी तथा गैर सरकारी क्षेत्रबाट ४ दशमलव १८ प्रतिशत र घरपरिवार स्तरबाट तीन दशमलव ९५ प्रतिशत लगानी परिचालन हुने अनुमान गरिएको आयोगले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • April 20, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP