Dark Mode

      Subscribe

सुन्दरहरैंचामा अपांगता भएका व्यक्तिहरुको जीवनस्तर सुधार्न घरदैलो, नगर उपप्रमुखको सक्रियता

1.5K
SHARES
सुन्दरहरैंचामा अपांगता भएका व्यक्तिहरुको जीवनस्तर सुधार्न घरदैलो, नगर उपप्रमुखको सक्रियता

मोरङ (सुन्दरहरैंचा) । अपांगता भएका व्यक्तिहरुको जीवनस्तर सुधारका लागि सुन्दरहरैंचा नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ। नगर उपप्रमुख अकली चौधरीको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा चौधरी आफैँ पूर्ण अशक्त अपाङ्गता भएका नागरिकहरुको घरघरमै पुगेर अवस्था बुझ्नु भएको छ । नगरको १ देखि १२ वटै वडा यो विशेष अभियान संचालन गरिएको हो ।

नगर उपप्रमुख चौधरीको अगुवाइमा सञ्चालन गरिएको यस अभियान अन्तर्गत अपाङ्गता भएका १ हजार ५ सय ४४ व्यक्तिको तथ्यांक संकलन गरिएको छ। कार्यक्रमको क्रममा उनीहरूको आवश्यकतालाई मध्यनजर गर्दै ह्वील चेयर, ट्वाइलेट चेयर लगायत सहायक सामग्रीहरूको नापजाँच समेत गरियो ।

नगर उपप्रमुख चौधरीले यस अभियानलाई अपाङ्गता भएका नागरिकप्रतिको स्थानीय सरकारको जिम्मेवारीको रूपमा लिएको बताउँदै भन्नुभयो, “हाम्रो प्रयास अपाङ्गता भएका व्यक्तिहरूको आत्मनिर्भरता र सम्मानजनक जीवन सुनिश्चित गर्न हो। घरमै पुगेर सहयोग गर्ने प्रणालीलाई आगामी दिनमा अझ प्रभावकारी बनाइनेछ।”

अभियान अन्र्गगत अपाङ्गता भएका व्यक्तिहरुको मागअनुसार ह्वीलचेयर १२ थान, म्याट्रेस ५ थान, डाइपर ८ थान, सेतो छडी १ थान, लठ्ठी १ थान तथा ट्वाइलेट चेयर ५ थान वितरण गरिनेछ। यस अभियानमा उपप्रमुख चौधरीको सक्रियता तथा प्रत्यक्ष सहभागिताले अपाङ्गता भएका व्यक्तिहरू तथा स्थानवासीमा सकारात्मक सन्देश प्रवाह भएको छ।

 



nationalnews7 nationalnews7   
  • May 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP