Dark Mode

      Subscribe

मेलम्ची खानेपानी वितरण तत्कालका लागि बन्द

793
SHARES
मेलम्ची खानेपानी वितरण तत्कालका लागि बन्द

काठमाडौं । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द गरिएको जनाएको छ । केयूकेएले आज एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण बन्द गरिएको जनाएको छ ।

लिमिटेडले वितरण रोकिँदा हुने असुविधाप्रति क्षमा मागेको छ । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गरिएको छ ।

 



nationalnews7 nationalnews7   
  • May 4, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP