Dark Mode

      Subscribe

आईपीओ स्वीकृतिका लागि कमिसन मागेको आरोप तथ्यहीन र भ्रामक: धितोपत्र बोर्ड

546
SHARES
आईपीओ स्वीकृतिका लागि कमिसन मागेको आरोप तथ्यहीन र भ्रामक: धितोपत्र बोर्ड

काठमाडौँ । आईपीओ स्वीकृति प्रक्रियामा आफूले कमिसन मागेको आरोप भ्रामक भएको नेपाल धितोपत्र बोर्डले दाबी गरेको छ ।   एक विज्ञप्ति जारी गर्दै बोर्डले केही दिनदेखि जलविद्युत कम्पनीहरुको आईपीओ स्वीकृति प्रक्रियामा बोर्डले ७ प्रतिशतसम्म कमिसन मागेको विषयलाई खण्डन गरेको हो ।

‘कमिसन नदिएकै कारण आईपीओ रोकेको सम्म आरोप लागेको छ ‘, बोर्डले विज्ञप्तिमा भनेको छ, ‘उक्त आरोपमा पूर्णरुपमा तथ्यहीन र भ्रामक छ ।’

पूँजी बजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा यस्ता भ्रामक आरोप लगाएको बोर्डको ठहर छ । यस्तो गतिविधिले सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई समेत निरुत्साहित गर्न खोजिएको उसको निक्र्योल छ ।



nationalnews7 nationalnews7   
  • May 7, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP