Dark Mode

      Subscribe

आईपीएल क्रिकेट: चेन्नईसँग कोलकाता २ विकेटले पराजित

1.2K
SHARES
आईपीएल क्रिकेट: चेन्नईसँग कोलकाता २ विकेटले पराजित

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल)चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । गएरातिको खेलमा चेन्नईसँग कोलकाता २ विकेटले हारेको हो । कोलकाताले दिएको १ सय ८० रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

लिगको पुछारमा रहेको चेन्नईका डेवाल्ड ब्रेभिसले ५२ र शिवम दुबेले ४५ रन बनाए । कोलकाताका लागि वैभव अरोराले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । कप्तान अजिन्के राहनेले ४८ रन बनाए ।

यस्तै आन्द्रे रसलले र मनिष पाण्डेले ३६ रन जोडे । चेन्नईका नुर अहमदले ४ विकेट लिए । कोलकाता ११ अङ्कसहित लिग तालिकाको छैटौं स्थानमा छ । योसँगै कोलकाताको प्ले अफका लागि गणितीय आधार मात्र बाँकी छ ।

चेन्नईले तेस्रो जीतमा ६ अङ्क बनाएको छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको थियो । आईपीएलमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।



nationalnews7 nationalnews7   
  • May 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP