Dark Mode

      Subscribe

टाटा मोटर्स लिमिटेडको नाफामा भारी गिरावट आउनुको कारण के ?

1.3K
SHARES
टाटा मोटर्स लिमिटेडको नाफामा भारी गिरावट आउनुको कारण के ?

काठमाडौं। भारतको प्रमुख अटो कम्पनी टाटा मोटर्स लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको चौथो त्रैमासमा उल्लेखनीय रूपमा घटेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार मार्च २०२५ मा टाटाको कन्सोलिडेटेड नाफा ५१.३४ प्रतिशतले घट्दै ८४ अर्ब ७० करोड भारतीय रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ खर्ब ७४ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यसरी कम्पनीको एक वर्षको अन्तरमा नाफा ८९ अर्ब ३७ करोड रुपैयाँले घटेको देखिन्छ।

टाटाको बोर्डले सेयरधारकहरूको अनुमतिसाथ प्रतिकित्ता ६ भारु अन्तिम लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको त्रैमासिक ईबिटा (EBITDA) पनि ४ प्रतिशतले घटेर १ खर्ब ६७ अर्ब रुपैयाँमा सीमित भएको छ। यद्यपि, कम्पनीको समग्र आम्दानी भने थोरै वृद्धि भएर ११ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

टाटाका अनुसार ज्यागुवार ल्यान्ड रोभर ब्रान्डमा देखिएको मूल्य कटौती, उच्च ब्याज लागत, र कम सञ्चालन लाभले समग्र वित्तीय परिणाममा असर पुर्‍याएको छ। तर पनि कम्पनीले चुनौतीपूर्ण आर्थिक परिवेशबीच मजबुत प्रदर्शन गर्न सफल भएको समूहका प्रमुख वित्तीय अधिकृत पीबी बालाजीले बताएका छन्।

उनका अनुसार अटोमोटिभ व्यवसाय अहिले ऋणमुक्त बनेको छ, जसले गर्दा भविष्यमा ब्याज लागत घटाउनेछ। उनले अन्तर्राष्ट्रिय स्तरमा बढ्दो शुल्क तथा भूराजनीतिक उतारचढावले चुनौतीपूर्ण वातावरण सिर्जना गरे पनि भारतीय बजार र विश्वव्यापी प्रिमियम लक्जरी क्षेत्रमा राम्रो सम्भावना रहेको बताएका छन्।

प्रतिवेदन अनुसार टाटाले चालु वर्षमा ९९ हजार ६ सय व्यावसायिक सवारी साधन र १ लाख ४७ हजार प्यासेन्जर गाडी बिक्री गरेको छ। साथै, टाटाको लक्जरी ब्रान्ड ज्यागुवार ल्यान्ड रोभरमार्फत ७ अर्ब ७० करोड पाउन्ड आम्दानी भएको छ।



nationalnews7 nationalnews7   
  • May 13, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP