Dark Mode

      Subscribe

डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्झौता

429
SHARES
डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्झौता

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्शसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि.का तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौता पश्चात सिटिजन्स क्यापिटलले रिसोर्टलाई प्रा.लिबाट पब्लिक कम्पनीमा रुपान्तरण गर्न तथा सार्वजनिक निष्काशन अनुमति लिन सम्पूर्ण तयारी कार्य परामर्श सेवा अन्तर्गत दिनेछ ।

२०७६ साल देखि कारोबार सुरु भएको यस रिसोर्ट डोलेश्वर भक्तपुरमा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यस रिसोर्टमा १५ वटा कोठा छन् र सो संख्या बृद्धि गरी ३५ वटा कोठा पुर्याउने कार्य र स्वीमिङ पुल पनि निमार्णधीन अवस्थामा रहेको छ र सो निर्माण कार्यहरु यस आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य रिसोर्टले लिएको छ ।

यस रिसोर्टमा तीन सय जनासम्मको क्षमता भएको ठूला–साना गरी ३ वटा सभा हलहरु रहेको छ ।



nationalnews7 nationalnews7   
  • May 14, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP