Dark Mode

      Subscribe

भारत र चीनबीच भएको लिपुलेक सहमतिबारे प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिसँग जनाए आपत्ति

546
SHARES
भारत र चीनबीच भएको लिपुलेक सहमतिबारे प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिसँग जनाए आपत्ति

काठमाडौं । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति भएकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । शनिबार दिउँसो चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा प्रधानमन्त्री ओलीले यो विषय उठाउँदै नेपालले उक्त भू–भागमा असहमति राखेको प्रष्ट पारेका हुन् ।

परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँगको भेटमा सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वतर्फको भूभाग नेपालकै सार्वभौम क्षेत्र रहेको उल्लेख गर्दै यसबारे चीनले नेपाललाई सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

भेटका क्रममा दुई देशबीचको मित्रता, सहकार्य र आपसी सम्बन्ध विस्तारबारे पनि छलफल भएको र विभिन्न संयन्त्रमार्फत सम्बन्ध अझ प्रगाढ बनाउने सहमति भएको जानकारी दिइएको छ ।

प्रधानमन्त्री ओली शनिबार चीनको औपचारिक भ्रमणका क्रममा बेइजिङ पुगेका हुन् । उनी एससिओ शिखर सम्मेलनमा सहभागी हुन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन् । भ्रमण कार्यक्रमअनुसार उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनमा सम्बोधन गर्ने र सेप्टेम्बर ३ मा बेइजिङमा हुने ८०औँ वार्षिकोत्सव स्मृति कार्यक्रममा सहभागिता जनाउने छन् । सो क्रममा ओलीले सहभागी अन्य विश्व नेताहरूसँग समेत द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।



nationalnews7 nationalnews7   
  • August 30, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP