Dark Mode

      Subscribe

पाँच अर्ब १६ करोडको शेयर किनबेच

845
SHARES
पाँच अर्ब १६ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से  आज बुधबार पनि  पुन ११.९७ अंकले घटेर २ हजार ६४६.९५ अंकमा झरेको छ । नेप्सेमा आज ३१३ वटा कम्पनीको ५९ हजार १३० पटकको कारोबारमा एक करोड ३७ लाख ८२ हजार ४६८ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा दुई वटा समूहको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । वाणिज्य बैंक समूहको सूचक भने ८.२१ अंकले घटेर १ हजार ३७०.४४ अंकमा झरेको छ । बिकास बैंक समूहको सूचक ३९ दशमलव ५३ अंकले घटेर पाँच हजार ४८२.९४ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक २१.४३ अंकले घटेर २ हजार ३५९.९४ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक पनि १३.४५ अंकले घटेर तीन हजार ४११.९७ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक ६३.४८ अंकले घटेर १३ हजार ७०.४३ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ८३ दशमलव ९७ अंकले घटेर १२ हजार २२१.३९ अंकमा झरेको छ ।



nationalnews7 nationalnews7   
  • June 4, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP