Dark Mode

      Subscribe

मोरङको सुन्दरहरैंचामा दुई नाबालिका मृत भेटिए

1K
SHARES
मोरङको सुन्दरहरैंचामा दुई नाबालिका मृत भेटिए

विराटचोक । मोरङको सुन्दरहरैचामा शनिबार दुई नाबालिका मृत फेला परेका छन् । सुन्दरहरैचा नगरपालिका(७ स्थित केराघारीभित्र ३ र १ वर्षीया नाबालिका मृत फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका(४ डिकुरेका अर्जुन कार्कीका छोरीहरु ३ वर्षीया आइका र १ वर्षीया अर्पणा रहेको कोशी प्रहरी प्रदेश कार्यालय स्रोतले जनाएको छ ।

उनीहरुलाई केराघारीभित्र मृत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यसैगरी, मृतक नाबालिकाहरुकी आमा २९ वर्षीया अस्मिता न्यौपानेसमेत सम्पर्कविहिन छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, शुक्रबार राति दम्पतीबीच झै(झगडा भएको थियो ।

अस्मिता राति नै दुई छोरीलाई लिएर घरबाट बाहिर हिँडेको जनाइएको छ । अस्मिताका श्रीमान् अर्जुन परिवारका साथ सुन्दरहरैचा(७ स्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । घर निर्माण भइरहेको कारण उनी र उनको परिवार दिदीको घरमा रहेका थिए ।

शव नजिकै प्रहरीले मेटासिट नामको विषादी फेला पारेको छ । सम्पर्कविहीन अवस्थामा रहेकी अस्मिताको खोजी र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 



nationalnews7 nationalnews7   
  • September 1, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP