Dark Mode

      Subscribe

उदयपुरको चौदण्डीगढीमा युवक र किशाेरी मृत फेला

481
SHARES
उदयपुरको चौदण्डीगढीमा युवक र किशाेरी मृत फेला

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक युवक र एक किशोरीको शव रहस्यमय अवस्थामा फेला परेको छ। इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका अनुसार २८ वर्षीय रविन राई र १४ वर्षीया मन्जु राई मृत अवस्थामा भेटिएका हुन् ।

बेल्टारका प्रहरी निरीक्षक (इन्सपेक्टर) बबिन राईका अनुसार बुधबार बिहान अमलचौरी गाउँको बाटोमा मन्जुको शव लडिरहेको अवस्थामा भेटिएको थियो। त्यसको झण्डै दुईसय मिटर टाढा रविनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको उनले जानकारी दिए। स्थानीयले बिहानै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजतलास गर्दा रविनको शव पनि नजिकै फेला परेको इन्सपेक्टर राईले बताए।

रबिनको शवबाट मोबाइल समेत फेला परेको छ। मोबाइल बाट समेत केही खुल्न सक्ने भएकाले अनुसन्धान अघि बढिसकेको इन्सपेक्टर राईले बताए। मञ्जुको केही ठाउँमा कोतारिएको जस्तो देखिएको इन्सपेक्टर राईको भनाई छ।

दुवै शवको कानुनी प्रकृया पूरा गरेर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले अनुसन्धान अघि बढाइएको जानकारी दिए।



nationalnews7 nationalnews7   
  • June 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP