Dark Mode

      Subscribe

थाइल्यान्डमा आयोजित १४ वर्ष मुनीको कराँतेमा इटहरीका आशिष हरिजन तृतीय

3.2K
SHARES
थाइल्यान्डमा आयोजित १४ वर्ष मुनीको कराँतेमा इटहरीका आशिष हरिजन तृतीय

इटहरी । सुनसरीको इटहरीका आशिष हरिजन थाइल्यान्डमा भएको कराँते अण्डर –१४ उमेर समूहको ४५ केजी क्याटोगरीमा तृतीय हुन सफल भएका छन् । बैंककमा आयोजित थाइल्याण्ड कराँते ओपन च्याम्पियनशिप–२०२५ मा इटहरी –१४ घर भई इटहरी मोडेल स्कूलमा अध्यनरत विद्यार्थी हरिजन तृतीय हुन सफल भएका हुन् ।

आफ्नो ठाउँ तथा विद्यालय मात्र नभएर देश कै नाम राख्न सफल आशिषलाई खेलप्रेमी, अग्रज तथा शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिएका छन् । साथै अन्तर्राष्ट्रिय कराँते खेलाडी तथा प्रशिक्षक इटहरी– ४ निवासी सागर राउत एसियन कराँते फेडेरेसनको प्रशिक्षकको लाइसेन्स लिन श्रीलंकाको राजधानी कोलम्बो जाँदै छन् ।



nationalnews7 nationalnews7   
  • July 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP