Dark Mode

      Subscribe

एक वर्षमा ८ लाख भन्दा धेरैले वैदेशिक रोजगार श्रम स्वीकृति लिएको तथ्यांक

468
SHARES
एक वर्षमा ८ लाख भन्दा धेरैले वैदेशिक रोजगार श्रम स्वीकृति लिएको तथ्यांक

काठमाडौं । गएको आर्थिक वर्ष २०८१र८२ मा वैदेशिक रोजगारीका लागि ८ लाख जनाभन्दा धेरै श्रमिकले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले आज पत्रकार सम्मेलन गरी गएको आर्थिक वर्षमा ८ लाख ३९ हजार २ सय ६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका जानकारी दिएको हो । विभागका अनुसार श्रम स्वीकृति लिनेहरूमा ७ लाख ४४ हजार ८ सय ११ जना पुरुष र ९४ हजार ४ सय ५५ जना महिला छन् ।

मुख्य १० श्रम गन्तव्य देशहरूमा संयुक्त अरब इमिरेट्स ९यूएई०, साउदी अरेबिया, कतार, कुवेत, मलेशिया, रोमानिया, जापान, कोरिया, क्रोएसिया र बहराइन रहेका छन् ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विगत पाँच वर्षमा ३५ लाख १६ हजार ९ सय ६५ जनाले श्रम स्वीकृति लिएका जानकारी दिनुभयो । १ हजार ६ सय ८७ संस्थाले इजाजत प्राप्त गरेकोमा २०८२ असार मसान्तसम्म २ सय १२ वटा संस्था नवीकरण भएका पनि उहाँले बताउनुभयो ।



nationalnews7 nationalnews7   
  • July 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP