Dark Mode

      Subscribe

जगदम्बा मोटर्सले ‘नैमा मोबिलिटी एक्स्पो २०२५ मा’ विशेष अफरसहित प्रोटोन ईमास ७ को प्रदर्शनी

1.1K
SHARES
जगदम्बा मोटर्सले ‘नैमा मोबिलिटी एक्स्पो २०२५ मा’ विशेष अफरसहित प्रोटोन ईमास ७ को प्रदर्शनी

काठमाडौं । प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नैमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागी भई नेपालको दिगो मोबिलिटी भविष्यप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ । कार्यक्रममा कम्पनीले नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरहरूको घोषणा गर्दै देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

यस वर्षको सुरुवातमा, मलेसियाको पहिलो विद्युतीय सवारी प्रोटोन इमास ७ नेपाल निर्यात गरेर इतिहास रचिएको थियो, यो मोडलले मलेसियामा आफ्नो सेगमेन्टमा नम्बर १ इभीको स्थान हासिल गरिसकेको छ ।

जगदम्बा मोटर्स, जसले अटोमोबाइल उद्योगमा १४ वर्षभन्दा बढीको अनुभव बटुलेको छ, सन् २०१८ को नोभेम्बरदेखि नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ ।

सन् २०२५ सकिँदासम्म देशभर १२ वटा सोरूम र सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना कम्पनीको छ । ताकि प्रोटोनका गाडी र सेवा नेपालभर सहज रूपमा उपलब्ध गराउन सकियोस् । जसमध्ये हाल ३ वटा शोरुमबाट ग्राहक सेवा प्रदान भइरहेको छ ।



nationalnews7 nationalnews7   
  • August 6, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP