Dark Mode

      Subscribe

किन उच्च दरले घट्दैछ सेयर बजार ? अर्थमन्त्री वाग्लेलाई ६ बुँदे सुझाव

143
SHARES
किन उच्च दरले घट्दैछ सेयर बजार  ? अर्थमन्त्री वाग्लेलाई ६ बुँदे सुझाव

काठमाडौं । पछिल्ले समय सेयर कारोबार गर्नेहरु निराश हुँदै गएका छन् । सेयर बजार निरन्तर घट्दै गएपछि उनीहरु निराश भएका हुन् । नयाँ सरकार गठनपछि सेयर बजार उच्च दरले ओरालो लागिरहेको छ । नयाँ सरकार गठनअघि २९६० अंकमा रहेको नेप्से परिसूचक हाल २७ सय हाराहारीमा छ । सोमबारको प्रारम्भिक कारोबारमा भने बजारमा सुधार देखिएको छ ।

यसैबीच स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरी ६ बुँदे सुझाव दिएको छ । सोमबार बिहान भएको भेटवार्ताका क्रममा एसोसिएसनले बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा पूँजी बजार प्रवेश र बाहिरिने व्यवस्था गर्न सुझाव दिएको छ । हाल बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेको ६ महिनापछि मात्रै बिक्री गर्न पाउने व्यवस्था छ ।

त्यस्तै गैरआवासीय नेपालीलाई सहज रुपमा दोस्रो बजारमा कारोबार गर्ने व्यवस्था गर्न, नयाँ बजेटमार्फत हाल कायम पूँजीगत लाभरलाई अन्तिम भनेर सम्बोधन गर्न माग गरिएको छ । सरकारी संस्थानहरुमा विभिन्न कोषमा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्न सहज वातावरण बनाउन एसोसिएसनले माग गरेको छ ।

सेटलमेन्ट ग्यारेन्टी फन्ड प्रयोगका लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेको स्मरण गराउँदै सो कार्यविधि लामो समयदेखि कार्यान्वयनमा आउन नसकेकाले कार्यान्वयनका लागि नियामक निकायलाई निर्देशन गर्न एसोसिएसनले माग गरेको छ ।

 

 



nationalnews7 nationalnews7   
  • April 6, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP