Dark Mode

      Subscribe

११ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न केन्द्रीय दुग्ध सहकारी संघको माग

1.3K
SHARES
११ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न केन्द्रीय दुग्ध सहकारी संघको माग

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी सङ्घले विगतमा भएको ११ बुँदे सम्झौता तत्काल कार्यान्वयनको माग गरेको छ । विगतमा सरकारसँग भएको सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएकोले भन्दै सङ्घले सम्झौता तत्काल कार्यान्वयन र किसानको भुक्तानी चुक्ता गर्न भनेको हो ।

सङ्घकाअनुसार दुग्ध किसानको सरकारी स्वामित्वमा रहेको डीडीसीलगायतका अन्य डेरी उद्योगीले विगत तीनदेखि पाँच महिनाको तीन अर्ब भन्दा धेरैको भुक्तानी बक्यौता गर्नुपर्नेछ । दुग्ध किसानलाई पेशामा अड्याइराख्न राख्न कृषि कर्जा अनुदान कार्यक्रम विगतको जस्तै उपलब्ध गराउन, पशुआहारा, पशु औषधिलगायत प्राथमिकतामा राख्ने नीति बनाएर कार्यन्वयन गर्न सङ्घले माग गरेको छ ।

सङ्घका अध्यक्ष अम्मरबहादुर कुँवरले किसानको दुधको भुक्तानी बेलैमा हुन नसक्दा मर्कामा परेको बताउनुभयो । उहाँले विगतमा सरकारसँग भएका सम्झौता लागू नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ ।



nationalnews7 nationalnews7   
  • August 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP