Dark Mode

      Subscribe

राष्ट्र बैंकले ग्राहकहरुलाई भन्यो- विद्युतीय कार्ड प्रयोग गर्दा सावधानी अपनाउनुहोस्

494
SHARES
राष्ट्र बैंकले ग्राहकहरुलाई भन्यो- विद्युतीय कार्ड प्रयोग गर्दा सावधानी अपनाउनुहोस्

काठमाडौं । विद्युतीय कार्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन नेपाल राष्ट्र बैंकले उपभोक्तालाई सचेत गराएको छ। वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सोमबार सार्वजनिक गरेको सूचनामा प्रिपेड, डेबिट वा क्रेडिट कार्ड प्रयोगसँग सम्बन्धित विवरण बुझ्नुपर्ने आवश्यकता औंल्याइएको छ।

सूचनाअनुसार भुक्तानी सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था वा अन्य प्रदायकले ग्राहकलाई सम्पूर्ण जानकारी उपलब्ध गराउनैपर्नेछ। कार्डमार्फत मौज्दात जाँच्न, कारोबार विवरण लिन, एटिएमबाट नगद निकाल्न, पसल वा सेवाग्राही स्थानमा पीओएसरपीओटी मेशिनमार्फत भुक्तानी गर्न तथा तेस्रो पक्षको खातामा रकम पठाउने जस्ता सेवा सहज रूपमा पाउनुपर्ने उल्लेख गरिएको छ।

यस्तै, राष्ट्र बैंकले कार्डको विवरण सुरक्षित राख्न, शंकास्पद कारोबार देखिएमा तत्काल बैंक वा सेवा प्रदायकलाई जानकारी दिन आग्रह गरेको छ। वित्तीय साक्षरता र उपभोक्ता अधिकार संरक्षणलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले यो सूचना जारी गरेको हो।



nationalnews7 nationalnews7   
  • September 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP