Dark Mode

      Subscribe

आन्दोलनबाट क्षति पुगेका सवारी साधन किन्न ८० प्रतिशतसम्म ऋण दिइने

884
SHARES
आन्दोलनबाट क्षति पुगेका सवारी साधन किन्न ८० प्रतिशतसम्म ऋण दिइने

काठमाडौं । आन्दोलनका कारण क्षति भएका सवारी साधन किन्न बैंकहरुले ८० प्रतिशतसम्म कर्जा दिने भएका छन् । राष्ट्र बैंकले परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

शुक्रबार जारी परिपत्रअनुसार, यो सुविधा उद्योग वा व्यावसायिक प्रतिष्ठानले प्रयोग गर्ने व्यावसायिक सवारी तथा ढुवानीका साधन प्रतिस्थापन गर्न मात्र लागू हुनेछ।

त्यस्तै, निजी प्रयोजनका व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधन किन्न भने अहिले कायम रहेको ६० प्रतिशतसम्म ऋण दिने प्रावधान यथावत रहने जनाएको छ।



nationalnews7 nationalnews7   
  • September 26, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP