Dark Mode

      Subscribe

नेपाली युवाको सिर्जना ‘ग्लोबल डायरी’ आधिकारिक रूपमा सूचीकृत

936
SHARES
नेपाली युवाको सिर्जना ‘ग्लोबल डायरी’ आधिकारिक रूपमा सूचीकृत

काठमाडौं । नेपालमै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल ‘ग्लोबद डायरी’ (Global Diary)सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आधिकारिक रूपमा सूचीकरण भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्थाअनुसार ‘ग्लोबल डायरी’ सुचीकृत भएको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ग्लोबल डायरी प्रा.लि. सूचीकरण भएको निस्सा प्रदान गर्दै भनेको छ, “श्री ग्लोबल डायरी प्रा. लि ग्लोबल डायरी “Global Dairy’ तपाईलाई सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ८ बमोजिमको जिम्मेवारी पूरा गर्ने गरी सोहि निर्देशिकाको दफा ३ को उपदफा (६) बमोजिम सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न यो निस्सा प्रदान गरिएको छ ।”

हालसम्म ‘टिकटक’सँगै ‘भाइबर’ र ‘वी टक’ लगायतका सामाजिक सञ्जाल प्लेटफर्म सञ्चार मन्त्रालयमा सूचीकरण भइसकेको छ । अरू सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा छन् ।

यहाँबाट दर्ता गर्नुहोस्:www.globaldiary.com

नेपाली सिर्जना ‘ग्लोबल डायरी’ को विज्ञहरूद्वारा प्रशंसा

नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’(www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुको आफ्नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्मको सर्वत्र प्रशंसा भइरहेको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यवसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकांक्षासहित औपचारिक यात्रा सुरु गरेको हो।

नेपाली युवाको सिर्जना प्रयास, प्राविधिक दूरदृष्टि र नवप्रवर्तनशील सोचको उत्कृष्ट उदाहरणका रूपमा आइटी विज्ञहरुले यस परियोजनालाई लिएका छन् । यो व्यवसाय, व्यक्तित्व र विभिन्न निकायहरूलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको हो । यसमा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ।

‘ग्लोबल डायरी’ नेपालमै बनाइएको भए तापनि यसको उद्देश्य, कार्यशैली र पहुँच भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ। यस प्लेटफर्मले व्यक्तिगत प्रयोगकर्ता, व्यवसायिक संस्था तथा विभिन्र निकायहरूलाई एउटै डिजिटल संरचनामा जोडेर सम्पर्क, व्यापार, सेवा तथा अवसरहरूलाई सजिलै पहुँच योग्य बनाउने उद्देश्य बोकेको छ।नेपालको पिछडिएकाे डिजिटल संरचनालाई सम्बोधन गर्दै एआई-सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सबै पक्षलाई सशक्त बनाउने लक्ष्यसहित ग्लोबल डायरीको निर्माण गरिएको हो।

 



nationalnews7 nationalnews7   
  • September 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP