Dark Mode

      Subscribe

जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता, घाइतेले राखे ५ बुँदे माग

182
SHARES
जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता, घाइतेले राखे ५ बुँदे माग

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा घाइतेले ५ बुँदे माग राखेका छन् ।

उनीहरूले आन्दोलनमा गोली प्रहार गर्नेलाई कारबाही, संविधानको सुधार, आन्दोलनको संरक्षण, भ्रष्टाचारको छानबिनलगायतको माग प्रधानमन्त्री कार्कीसमक्ष राखेका हुन् । घाइतेहरूले माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे जानकारी गराउनुभयो । यस्तै प्रधानमन्त्री कार्कीले आफूहरू जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने भन्दै आफूहरूलाई दिइएको म्यान्डेट अनुसार चुनाव हुने र भ्रष्टाचारको अनुसन्धान पनि हुने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको र चाँडै नतिजा आउने बताउनुभयो । घाइतेले कतिपय आरोपी भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।



nationalnews7 nationalnews7   
  • October 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP