Dark Mode

      Subscribe

बिमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

169
SHARES
बिमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई भुक्तानी गरेको छ । बोर्डले अस्पतालबाट प्राप्त कागजातको पुनरावलोकन गरी चैतसम्मको बक्यौता भुक्तानी गरेको हो । बोर्डले आर्थिक वर्ष २०७७/७८ देखि बाँकी रहेको अस्पतालको २०८१ चैतसम्मको बक्यौता रकम केही दिनअघि मात्र भुक्तानी गरेको बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले जानकारी दिए ।

बोर्डले पुरानो भुक्तानी बाँकी नराख्ने गरी नियमित भुक्तानी गर्ने तयारी गरेको उनले बताए । उनले यही कात्तिक महिनाभित्रमा वैशाखदेखि असोजसम्मको बाँकी बक्यौता रकम अस्पतालाई उपलब्ध गराइने बताए । काफ्लेका अनुसार अस्पताललाई तिर्नुपर्ने बक्यौता रकमका लागि अर्थमन्त्रालयसँग माग गरिएको छ । उनले वैशाखदेखि असोजसम्म करिब ११ अर्ब रुपैयाँ बक्यौता रहेको जानकारी दिए । बोर्डले बीमित आबद्धबापत वार्षिक तीन खर्ब ७२ करोड सङ्कलन गर्दै आइरहेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा काफ्लेका अनुसार बोर्डको वार्षिक खर्च भने करिब २६ अर्ब रहेको छ । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार ५०० बराबरको योगदानको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । देशभरि बोर्डमा प्रथम सेवा बिन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा रहेका छन् । बोर्डमा हाल ९४ लाख बीमित आबद्ध छन् ।



nationalnews7 nationalnews7   
  • November 5, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP