Dark Mode

      Subscribe

दमौली-केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

143
SHARES
दमौली-केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

तनहुँ । जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका-१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ (रिङ्गरोड)का रूपमा विकास गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण्डमा अहिले तीव्रताका साथ काम भइरहेको छ ।

दमौली-केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लालिगएको व्यास-१४ का कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिए । उक्त विनियोजित बजेटले यस वर्ष एक किमी कालोपत्र गरेपछि छ किमी बाँकी रहने उनले बताए ।

सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्र्तगत विश्व बैंकको रु छ करोड ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भएर दोस्रो चरणका लागि प्रक्रिया अघि बढाइएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारबाट एक करोड बजेट पुनः विनियोजन भएको जनाउँदै केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि नगरले पटकपटक गरी हालसम्म करिब रु चार करोड बजेट विनियोजन गरिसकेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

आदिवासी जनजातिको बाहुल्यता रहेको यस क्षेत्रमा घरबासका रूपमा पर्यटन प्रवर्द्धन कार्य हुँदै आएको छ । स्थानीय कला, संस्कृति र परम्पराको जर्गेना गर्दै स्थानीय उत्पादनलाई घरबासमा प्राथामिकता दिइँदै आइएको कार्यवाहक वडाध्यक्ष आलेले बताए ।



nationalnews7 nationalnews7   
  • November 20, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP