Dark Mode

      Subscribe

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा ऐतिहासिक रेकर्ड, आम–सर्वसाधारणतर्फ ३३ गुणा बढी आवेदन

221
SHARES
रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा ऐतिहासिक रेकर्ड, आम–सर्वसाधारणतर्फ ३३ गुणा बढी आवेदन

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो रोजगारदाता तथा निर्यातमुखी उद्योग रिलायन्स स्पिनिङ मिल्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ले नेपाली पूँजी बजारमा नयाँ कीर्तिमान बनाएको छ । आम–सर्वसाधारणतर्फ खुला गरिएको आईपीओमा मागभन्दा करिब ३३ गुणा बढी आवेदन परेको हो ।

कुल ९ लाख २४ हजार ७६८ कित्ता सेयरका लागि आवेदन खुला गरिएकोमा शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन परेको छ । यस क्रममा आवेदकहरूबाट जम्मा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँ संकलन भएको छ, जुन आवेदन संख्या र संकलित रकम दुवै हिसाबले हालसम्मकै उच्चमध्ये एक मानिएको छ ।

कम्पनीले पुस ७ गतेदेखि आम–सर्वसाधारण समूहका लागि सबैभन्दा ठूलो हिस्सा निष्कासन गरेको थियो । पुस ११ सम्म पर्याप्त आवेदन नपरेमा पुस २१ सम्म अवधि लम्ब्याउने व्यवस्था रहे पनि अत्यधिक मागका कारण आवेदन अवधि थप गरिएको छैन ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रवन्धकत्वमा आएको यो आईपीओ पहिलो दिनमै ४० मिनेटभित्र ओभरसब्सक्राइब भएको थियो । त्यसपछि पनि लगानीकर्ताको उत्साह निरन्तर देखिँदा अन्ततः यसले नेपाली पूँजी बजारमा ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएको हो ।



nationalnews7 nationalnews7   
  • December 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP