Dark Mode

      Subscribe

सन् २०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल आए, भारत शीर्ष स्थानमा

182
SHARES
सन् २०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल आए, भारत शीर्ष स्थानमा

काठमाडौं — सन् २०२५ मा नेपालमा साढे ११ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार, वर्षभरि कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

बोर्डका अनुसार, डिसेम्बर महिनामा मात्रै ९८ हजार १९० पर्यटक नेपाल आएका थिए। सन् २०२५ को पर्यटक आगमन सन् २०२४ को तुलनामा ९७ प्रतिशत रिकभरी भएको बोर्डले जनाएको छ। सन् २०२४ मा नेपालमा ११ लाख ४७ हजार ५४८ पर्यटक आएका थिए।

पर्यटक आगमनको सूचीमा भारत पहिलो स्थानमा रहेको छ। भारतबाट कुल दुई लाख ९२ हजार ४३८ पर्यटक नेपाल आएका छन्। दोस्रो स्थानमा अमेरिका रहेको छ, जहाँबाट एक लाख १२ हजार ३१६ पर्यटक नेपाल भित्रिएका छन्।

त्यसैगरी, तेस्रो स्थानमा चीनबाट ९५ हजार ४८० पर्यटक नेपाल आएका छन्। बेलायतबाट ५८ हजार ६८४ र बंगलादेशबाट ५७ हजार ५४५ पर्यटक नेपाल भ्रमणमा आएका पर्यटन बोर्डले जानकारी दिएको छ। पर्यटक आगमनको तथ्यांकले कोभिडपछिको पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै गएको संकेत गरेको छ।



nationalnews7 nationalnews7   
  • January 2, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP