Dark Mode

      Subscribe

मेयर पदबाट आज राजीनामा दिँदै बालेन, अरु दिनको राजनीतिक तालिका यस्तो

273
SHARES
मेयर पदबाट आज राजीनामा दिँदै बालेन, अरु दिनको राजनीतिक तालिका यस्तो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आगामी दिनमा अघि बढाउने राजनीतिक गतिविधिको विस्तृत तालिका सार्वजनिक भएको छ। प्राप्त जानकारीअनुसार शाहले आज आइतबार काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिने तयारी गरेका छन्।

राजीनामापछि उनी लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय प्रस्थान गर्नेछन् र त्यहाँ हुने पार्टी बैठकमा सहभागी हुने कार्यक्रम छ। सोही दिन रास्वपा कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जनकपुर प्रस्थान गर्नेछन्। जनकपुर पुगेपछि उनले रामजानकी मन्दिरमा दर्शन गर्ने र साँझ सीमित नेताहरूसँग भेटघाट तथा डिनर कार्यक्रममा सहभागी हुने बताइएको छ।

त्यसैगरी, २०८२ माघ ५ गते बिहान १२ बजे जनकपुरस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रममा सहभागी हुने शाहले दिउँसो १:३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। २:३० बजे उनी सवारी साधनमार्फत लहानतर्फ प्रस्थान गर्नेछन्। लहानमा ४:३० बजे मधेश सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ। त्यसपछि लहानबाट इटहरी प्रस्थान गरी त्यहाँ कार्यकर्तासँग भेटघाट गर्ने र साँझ ७:३० बजे इटहरीबाट झापाको दमकतर्फ प्रस्थान गर्ने तालिका रहेको छ। ८:३० बजे दमकमा रास्वपाका नेताहरूसँग भेटघाट तथा डिनर कार्यक्रममा सहभागी हुनेछन्।

यस्तै, २०८२ माघ ६ गते बिहान ११ बजे झाँकीसहित झापा जिल्ला निर्वाचन कार्यालय पुगेर झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट संघीय सांसद पदका लागि उम्मेदवारी दर्ता तथा मनोनयन गर्ने कार्यक्रम छ। मेयर शाहको यस तालिकाले उनको सक्रिय राष्ट्रिय राजनीतिमा प्रवेशको संकेत दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

 

 



nationalnews7 nationalnews7   
  • January 18, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP