Dark Mode

      Subscribe

गगन थापा कांग्रेस सभापतिका रूपमा पहिलो पटक सानेपामा, कार्यकर्तामा उत्साह

260
SHARES
गगन थापा कांग्रेस सभापतिका रूपमा पहिलो पटक सानेपामा, कार्यकर्तामा उत्साह

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सभापति भएपछि पहिलो पटक पार्टी कार्यालय पुग्नुभएको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका थापा आज पार्टी कार्यलय सानेपामा पुग्नुभएको हो ।

थापा सानेपा पुग्दा स्वागतका लागि कार्यकर्ताको ठूलो भीड लागेको थियो । उनीहरूले सभापति थापालाई स्वागत गर्दै ‘अब की बार गगन सरकार’ को नारा लगाएका थिए । साथै उनीहरूले हर्षोल्लासका साथ सभापति थापालाई कार्यलयमा स्वागत गरेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको बैठक पहिलो पटक पार्टी कार्यलयमा बस्न लागेको हाे । बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने छ । गएकाे पुस २७ गतेदेखि ३० गतेसम्म काठमाण्डाैमा चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रूपमा सभापति निर्वाचित हुनुभएको थियो ।



nationalnews7 nationalnews7   
  • January 23, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP