Dark Mode

      Subscribe

सुनको भाउ एकैदिन १८ हजार ८ सय रुपैयाँले घट्यो

156
SHARES
सुनको भाउ एकैदिन १८ हजार ८ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ आइतबार एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो । शुक्रवार घटेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि १८ हजार ८ सय रुपैयाँले घटेको हो ।

यस्तै, आइतबारचाँदीको भाउ पनि घटेको छ । चाँदी आइतबार तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ७ हजार ६५ रुपैयाँ थियो । बिहीवार चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको ७ हजार ५ सय ५ रुपैयाँ थियो ।



nationalnews7 nationalnews7   
  • February 1, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP