Dark Mode

      Subscribe

२७ सय ८८ दशमलव ७० बिन्दुमा नेप्से, सातामा २९ अर्ब ३८ करोड रुपैयाँको सेयर किनबेच

0
SHARES
२७ सय ८८ दशमलव ७० बिन्दुमा नेप्से, सातामा २९ अर्ब ३८ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से परिसुचक २७ सय ८८ दशमलव ७० बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६८ दशमलव सात बिन्दुमा कायम भएको छ ।

यो साता तीन सय ५१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार पाँच लाख दुई हजार छ सय ७९ पटकको कारोबारमा छ करोड ५८ लाख ११ हजार चार सय ९४ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २९ अर्ब ३८ करोड ८८ लाख १० हजार नौं सय चार ८३ रुपैयाँ पुगेको छ ।

यो कारोबार रकम गत साताको तुलनामा छ अर्ब रुपैयाँले कम हो । गत साता तीन सय ४४ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार चार लाख ३२ हजार सात सय १९ पटकको कारोबारमा सात करोड ५४ लाख नौ हजार नौ सय २६ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३५ अर्ब ९७ करोड ६१ लाख ३६ हजार तीन सय चार ४५ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पाँचौं दिन झिनो अंकले बढेको नेप्से यि बाहेकका बाँकी दिनहरुमा लगातार घटेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसुचक १३ दशमलव १७ अंकले ओरालो लागेर दुई हजार आठ सय २५ दशमलव २३ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले ओरालो लागेर चार सय ७३ दशमलव ७१ बिन्दुमा झरेको थियो ।

दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक १७ दशमलव ९१ अंकले ओरालो लागेर दुई हजार आठ सय सात दशमलव ३१ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य सात अंकले ओरालो लागेर चार सय ७० दशमलव ६३ बिन्दुमा झरेको थियो ।

तेस्रो दिन बुधबार पनि नेप्से परिसुचक दुई दशमलव ९५ अंकले ओरालो लागेर दुई हजार आठ सय चार दशमलव १७ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६५ अंकले उकालो लागेर चार सय ७१ दशमलव २२ बिन्दुमा चढेको थियो ।

चौथो दिन बिहिबार पनि नेप्से परिसुचक १७ दशमलव शुन्य एक अंकले ओरालो लागेर दुई हजार सात सय ८७ दशमलव १५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९४ अंकले ओरालो लागेर चार सय ६८ दशमलव २७ बिन्दुमा झरेको थियो ।

पाँचौं कारोबार दिन शुक्रबार भने नेप्से परिसुचक एक दशमलव ५४ अंकले उकालो लागेर दुई हजार सात सय ८८ दशमलव ७० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २० अंकले ओरालो लागेर चार सय ६८ दशमलव सात बिन्दुमा झरेको थियो ।

यो साता बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा नेशनल हाईड्रो पावर लिमिटेड, रिडी हाईड्रो पावर कम्पनी आदि परेका छन् भने शेयर कारोबार भएको संख्याको आधारमा नेशनल हाईड्रोवार कम्पनी लिमिठेड, आखुखोला जलबिद्युत कम्पनी लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।



nationalnews7 nationalnews7   
  • April 25, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP