Dark Mode

      Subscribe

पाँच ठाउँमा ८७१ ‘अनधिकृत’ घरधुरी सुकुम्बासी, ५६ परिवारले घर नभएको विवरण टिपाए

26
SHARES
पाँच ठाउँमा ८७१ ‘अनधिकृत’ घरधुरी सुकुम्बासी, ५६ परिवारले घर नभएको विवरण टिपाए

काठमाडौं । सरकारले सुकुम्बासी बस्ती खाली गरेपछि ५६ परिवारले घर नभएको विवरण टिपाएका छन्। थापाथली र सिनामंगलको गैरीगाउँस्थित बागमती नदी किनारका वस्तीहरू खाली गरिएपछि त्यहाँका स्थानीयको विवरण संकलन गर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्क्रिनिङ सेन्टर बनाइएको छ।

अपराह्नसम्म ५६ परिवारको विवरण दर्ता गरिएको विवरण संकलनमा संलग्न रहेका अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाले जानकारी दिए। उनका अनुसार ३ वटा परिवार मात्रै सिनामंगलका छन्। बाँकी सबै थापाथलीका हुन्।

अहिलेसम्म विवरण संकलन गरिएको कुल संख्या २८२ जना पुगेको छ। विवरण दर्ता गराउन आउने क्रम जारी रहेको पनि उनले बताएका छन्। सुकुम्बासीहरूलाई पाँच स्थानमा होल्डिङ सेन्टर स्थापना गरिएको छ।

नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट राखिएको छ। काठमाडौंको महानगर अन्तर्गत रहेको कीर्तिपुरको सत्सङको ठूलो भवन र भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा उनीहरूलाई राखिने छ। ​खरीपाटी र चाँदबागस्थित सरकारी भवन र खाली जग्गामा पनि उनीहरूलाई राख्ने तयारी छ।
हालसम्म दर्ता भएकामध्ये २४ परिवारलाई कीर्तिपुर पठाइएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकानुसार, शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ ‘अनधिकृत’ घरधुरी रहेकामा केही भत्काइएको छ ।



nationalnews7 nationalnews7   
  • April 25, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP