Dark Mode

      Subscribe

रमजानको अवसरमा साउदी सरकारले दियो ३३ नेपाली कैदीलाई आममाफी

195
SHARES
रमजानको अवसरमा साउदी सरकारले दियो ३३ नेपाली कैदीलाई आममाफी

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई ‘माफी’ दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई आममाफी दिएको हो ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।

नेपाल सरकारले साउदी सरकारको यस सहृदयी कदमको उच्च प्रशंसा गर्दै यसलाई नेपाल र साउदी अरबबिचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा लिएको जनाएको छ ।

रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई सो माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।शाही माफी पाएका ती नेपाली नागरिक साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने मन्त्रालयले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • June 30, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP