Dark Mode

      Subscribe

मन्त्रिपरिषद् बैठकले गर्यो आठ महत्वपूर्ण निर्णय, गोविन्दबहादुर कार्की मुख्य सचिवमा नियुक्त

65
SHARES
मन्त्रिपरिषद् बैठकले गर्यो आठ महत्वपूर्ण निर्णय, गोविन्दबहादुर कार्की मुख्य सचिवमा नियुक्त

काठमाडौँ। सरकारले नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई पनि नियुक्त गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले दुई महत्वपूर्ण नियुक्तिसहित आठवटा निर्णय गरेको जानकारी दिए।

मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू:

-गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने।

-सुरज शाक्यलाई काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा नियुक्त गर्ने।

-गेटा अस्पताल, कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने।

-विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने।

-शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने।

-कारागार नियमावली, २०८३ स्वीकृत गर्ने।

-मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/८८) स्वीकृत गर्ने।

-भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) स्वीकृत गर्ने।



nationalnews7 nationalnews7   
  • July 8, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP