Dark Mode

      Subscribe

७.१७ अंकले बढ्यो नेप्से, ४ अर्ब ४० करोडको शेयर किनबेच

52
SHARES
७.१७ अंकले बढ्यो नेप्से, ४ अर्ब ४० करोडको शेयर किनबेच

काठमाडौ‌। आज बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से ७.१७ अङ्कले बढेर २६२९.४० विन्दुमा बन्द भएको छ ।

आज बजारमा कुल ३४५ कम्पनीका ९५ लाख कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटै कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्टस्‌को सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ । आज कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।



nationalnews7 nationalnews7   
  • August 20, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP