Dark Mode

      Subscribe

९.१९ अंकले बढ्दा ६ अर्ब ३८ करोडको शेयर कारोबार

949
SHARES
९.१९ अंकले बढ्दा ६ अर्ब ३८ करोडको शेयर कारोबार

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि ९ दशमलव १९ अंकले बढेर २६ सय ३१ दशमलव ४८ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३१८ वटा कम्पनीहरुको ६३ हजार ३७१ पटकको कारोबारमा एक करोड ४१ लाख ७२ हजार पाँच सय ३५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ३८ करोड ७२ लाख सात हजार १५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा चार वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक १ दशमलव ४० अंकले घटेर २३ सय ३१ दशमलव सात अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक १० दशमलव १३ अंकले घटेर ३५ सय ६१ दशमलव ४९ अंकमा झरेको छ ।

यसैगारी होटल तथा पर्यटन र अन्य उपसमूहको सूचक पनि क्रमशः २ दशमलव ३० र ८ दशमलव ३१ अंकले घटेका छन् । यि बाहेक वाणिज्य बैंक समूहको सूचक ५ दशमलव १९ अंकले बढेर १ हजार ३६४ दशमलव ६४ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक ३८ दशमलव ७८ अंकले बढेर ५४ सय २१ अंकमा पुगेको छ ।



nationalnews7 nationalnews7   
  • June 30, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP