Dark Mode

      Subscribe

राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट

351
SHARES
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट

काठमाडौँ। सात वटै प्रदेशका प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरुले शिष्टाचार भेट गर्नुभएको हो ।

हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ हुनुहुन्छ ।

बुधबार बिहान सबै प्रदेशका प्रदेश प्रमुखहरुले राष्ट्रपति पौडेलसँग भेटघाट गर्नुभएको हो । भेटका क्रममा प्रदेश प्रमुखहरुले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराउनुभयो ।



nationalnews7 nationalnews7   
  • July 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP