Dark Mode

      Subscribe

“मेरो स्वास्थ्य एकदम राम्रो र  राष्ट्रपतिका लागि उपयुक्त छ”

1.2K
SHARES
“मेरो स्वास्थ्य एकदम राम्रो र  राष्ट्रपतिका लागि उपयुक्त छ”

न्यूयोर्क । अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् जसले उनको स्वास्थ्य “एकदम राम्रो” र राष्ट्रपति पदका लागि उपयुक्त रहेको देखाएको छ।

आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि भूतपूर्व राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पमाथि ह्यारिसले स्वास्थ्यलाई लिएर उनी अपारदर्शी भएको आरोप लगाएकी छन्।

ट्रम्पले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन्। बहालवाला उपराष्ट्रपति समेत रहेकी ह्यारिसले आफ्ना “रिपब्लिकन प्रतिद्वन्द्वीले उनी राष्ट्रपति हुनका निम्ति स्वास्थ्यको हिसाबले उपयुक्त रहे वा नरहेको कुरा अमेरिकी जनताले थाहा पाऊन् भन्ने नचाहेको” दाबी समेत गरेकी छन्।



nationalnews7 nationalnews7   
  • October 13, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP