Dark Mode

      Subscribe

किसान सूचीकरणमा २० लाख ७० हजार किसान सूचीकृत

1.5K
SHARES
किसान सूचीकरणमा २० लाख ७० हजार किसान सूचीकृत

काठमाण्डाै । सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरणमा अहिलेसम्म २० लाख ७० हजार किसान सूचीकृत भएका छन् । सरकारले २०७७ साल फागुनदेखि सञ्चालन गरेको किसान सूचीकरण अभियानमा अहिलेसम्म २० लाख ७० हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय कृषि सूचना तथा प्रशिक्षण केन्द्रको पछिल्लो तथ्याङ्क छ । तर यी सूचीकृत किसानमध्ये पनि पूर्णरूपमा प्रमाणित किसानको सङ्ख्या भने झन्डै सात लाख रहेको मन्त्रालयका सहसचिव एवम् कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख डा. रामनन्दन तिवारीले जानकारी दिनुभयो ।

राष्ट्रिय कृषि गणना २०७८ का अनुसार देशभर ४१ लाख ३० हजार किसान घरधुरी छन् । कृषि गणनालाई आधार मान्दा अझै पनि आधा सङ्ख्यामा किसान सूचीकरण हुन बाँकी नै छ । किसानका लागि सूचीकरण कार्य महत्त्वपूर्ण रहेकाले यसलाई प्रभावकारी बनाउन तीन तहका सरकार र किसान पनि सक्रिय हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । साथै जनचेतनामूलक कार्यक्रम बढाउनुपर्ने आवश्यकता पनि देखिएकोमा धेरैको जोड छ ।

किसान सूचीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा राष्ट्रिय किसान आयोगले बाग्मती प्रदेश अन्तर्गत काभ्रेको धुलिखेलमा गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रममा आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगाल, सदस्य पुष्पा भुसाल, विभिन्न पालिकाका जनप्रतिनिधि, किसान तथा किसान सङ्घ–सङ्गठनका प्रतिनिधि र सरोकारवालाहरूले सूचीकरण कार्यलाई तीव्र बनाउन र प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका हुन् । कृषिलाई रोजाइको पेशाको रूपमा विकास गर्न किसानको पहिचान, पहिचानपछि वर्गीकरण र सूचीकरण भएसँगै कृषिको सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।



nationalnews7 nationalnews7   
  • March 25, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP