Dark Mode

      Subscribe

यु-१७ एसियन कप छनोट : मंगोलियासँग पनि नेपाल पराजित

819
SHARES
यु-१७ एसियन कप छनोट : मंगोलियासँग पनि नेपाल पराजित

काठमाडौँ । समूहको अन्तिम खेलमा मंगोलियासँग पराजित भएपछि नेपाल एएफसी यु-१७ एसियन कप छनोटमा जितविहीन बनेको छ ।

 

यसअघि नै छनोटको समूह चरणबाटै बाहिरिसकेको नेपाल समूह एफको अन्तिम खेलमा मंगोलियासँग १-० ले पराजित भयो । चार टोली सम्मिलित समूहमा तीन खेल हार्दै नेपाल अंकविहीन रहेको छ ।

 

दोहास्थित हमाद बिन खालिफा रंगशालामा भएको खेलमा मंगोलियाको ओक्हु सोहेलले ७८औं मिनेटमा निर्णायक गोल गरे । सुरुवाती दुवै खेल हारेका नेपाल र मंगोलियाको लागि यो खेल प्रतिष्ठाका लागि थियो । नेपाल यो खेल जित्दै सुखद अन्त्य गर्न चाहन्थ्यो । तर मंगोलियाले बाजी मार्‍यो । मंगोलियाले ३ अंक जोडेर छनोट यात्रा सकायो ।

 

समूह एफमा नेपाल यसअघि साविक विजेता जापानसँग ९-२ तथा घरेलु टोली कतारसँग ५-० ले पराजित भएको थियो ।

 

मंगोलिया पहिलो खेलमा कतारसँग २-० ले तथा जापानसँग ७-० ले पराजित भएको थियो ।

 

नेपालले छनोटमा तीन खेल खेल्दा सबै तीन खेलमा पराजित भयो । जसमा १५ गोल खाँदा २ गोल गर्न सफल भयो ।

 

यु-१७ एसियन कप छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागी ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु-१७ एसियन कपका लागि छनोट हुनेछ ।



nationalnews7 nationalnews7   
  • October 28, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP